गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् ।
थापाले आफ्नो गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राखेका थिए । सो क्रममा आवेगमा आएर उनले बिहीबार अपराह्न राहदानी फाँटको स्क्यानर फुटाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको छ ।





























प्रतिक्रिया