सुमार्गीको खाता रोक्का राख्न निर्देशन

सुमार्गीको खाता रोक्का राख्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (
करिब ८३ करोड २५ लाख रुपैयाँ ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिन अघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् । अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चको बैठकमा जानुअघि यस्तो निर्देशन दिएको बताएका थिए । राष्ट्रबैंकका एक उच्च अधिकारीले अर्थमन्त्री खतिवडाको मौखिक निर्देशन आएको जानकारी दिए ।

‘सुमार्गीले रकम सारेको बैंकको खाता रोक्न अर्थमन्त्रीले मौखिक निर्देशन दिनुभएको हो,’ उनले भने, ‘लिखित रुपमा भने आइसकेको छैन तैपनि हामीले अदालतको आदेश र अर्थमन्त्रीको निर्देशन अनुसार काम अगाडि बढाएको छौं ।’ ती अधिकारीले रकम स्थानान्तरण गरिएको बैंकको नाम भने खुलाउन चाहेनन् ।
नागरिकबाट

Skip This
Skip This
Logo