काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिकाको कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौँ टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धिबहादुर बस्याल रहेका छन् ।
पक्राउ पर्नेमध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौँ बागबजारबाट र बुद्धिबहादुरलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।































प्रतिक्रिया