नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य

नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनायो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाइन् । यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

Skip This
Skip This
Logo