काठमाडौँ
सरकारले हालै राजपत्रमा प्रकाशित गरेको नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । सरकारले परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगका पदाधिकारीलाई निक्कै तल्लो क्रममा राखिएको भन्दै असन्तुष्टि जनाएको हो ।
अख्तियारको सोमबारको बैठकले संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहेकाले पुनरावलोकन गर्न भनेको हो ।
संवैधानिक आयोगका पदाधिकारीलाई मर्यादाक्रममा निक्कै तल्लो क्रममा राखिँदा कार्य सम्पादन प्रक्रिया र बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुन्छ, अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले भनेका छन्, यसबाट मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमासमेतलाई आधार मान्न सरकारलाई आग्रह गर्छौँ ।
अख्तियारले संवैधानिक निकायका आयुक्त र सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुपछि राख्ने गरी मर्यादाक्रमको पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेको हो ।
अन्नपूर्णबाट































प्रतिक्रिया