पत्रकार राधिका अधिकारी कवियत्रीको रुपमा स्थापित हुने प्रयासमा छिन् । पत्रकारिताका अतिरिक्त उनी नेपाली साहित्य र सांगितिकक्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । अहिले ‘रंग उडेका रंग’ कविता लिएर आफ्ना स्रोता र दर्शकमाझ आएकी उनले दर्जनौं गीत पनि लेखेकी छन् । यसपटक उनले मार्मिक कविता प्रस्तुत गरेकी छिन् ।
जीवन र रंगको युद्धमा
मैले जीवन रोजेर
आफ्नै हातले निचोरेकी हुँ
यो शिर माथिको रातो गुराँस
खोसिदै गर्दा जीवनबाट रंगको आयु
म रातै बनेर लत्पतिएथें
निचोरिएर आफ्नै मुटुको आहालमा
हो, त्यसपछि म रंगहिन बनेकी हुँ ।
मलाई पछुतो छ,
मेरा बाले आगन पोेलेर, आगोको लप्का जस्तै
मेरा लागि देखेका राता सपना पुरा गर्न नसकेकोमा
मेरी आमाले मेरो बिदाईमा
बगाएको आँसुले भिजेको
चोलिको चिसो नसुक्दै
मेरो उजाड सिउँदो हेरेर
बगाउँने तातो आँसुसँग
तर, मैले कहिल्यै गुनासो गर्न सकिन
सबैको भविष्य कोरेर हिड्ने मेरा बाले
किन पल्टाउन सकेनन् मेरो नामको चिनो
किन देखेनन् मेरा बाका ति दुर आँखाले
सुहागकै रातमा खोसिने
शिरका राता खुशीहरुको सम्भाव्यता
र, आज म तिम्रो थर र गोत्रकी हुन पाईन ?
छातीभरी आँगो बोकेर पनि ओकल्न नसकेका
असंख्य सपनाको भारीले थिचिएर
चट्टानमै भासिन्छु झैं हुँदा पनि
किन बौरिन सक्दैनन्
संस्कारका मुर्छित चेतनाहरु
र, बारम्बार बलात्कार गरिहन्छन्
मेरा सुकिला सपना माथि
हो, बा मैले आगो निलेर आगै ओकल्दा पनि
आँखाका डिलबाट पर भयो तिम्रो आँगन
बिरानो भयो आमाको छाति
माईतीको भयो तिम्रो काँध
त्यसैले त यि भित्ताको आडमा
बगाउने गरेकी छु आँसु
आँसुसँगै झर्छन् हिजोआज
आँसु जस्तै सुकिला रहर
र, धमिला हुने गरेका छन् ।
-राधिका अधिकारी
हेरौं यो भिडियोमा :































प्रतिक्रिया