काठमाडौं । नेपाल एसबिआई बैंकले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।































प्रतिक्रिया