सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १० दशमलव ८६ अंकले घटेको छ। आज शेयर बजार १ हजार १ सय ६८ दशमलव ०६ को बिन्दुमा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ८७ अंकले घटेर २ सय ४७ दशमलव ६१ को बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन कुल १ सय ६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर खरिदबिक्री हुँदा ३६ करोड ७७ लाख ०६ हजार ६३८ रुपैयाँको कारोबार भएको छ । सर्वाधिक गुमाउनेमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९३ प्रतिशतले घटेको छ । तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २६१ रुपैयाँमा आएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरकोे भएको छ । जसको आज १० करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा गोर्खा फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा ४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको छ।































प्रतिक्रिया