नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका हुन् । "/>

प्रतिनिधि सभा बैठकमा कांग्रेसको बिरोध (लाइभ)

प्रतिनिधि सभा बैठकमा कांग्रेसको बिरोध (लाइभ)

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका हुन् ।

विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाएका छन्।

उनले २०४० सालदेखि नै गठन आदेशमार्फत् पटक पटक यस्ता स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको स्मरण समेत गराएका छन् ।

यसैबीच आज संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो सबै सांसदमा आजको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेको थियो ।

आज  शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ।  बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो।

बिधेयकलाई जस्ताको तस्तै पारित गर्ने योजना बनाएको छ । यता आफूसँग भएको सम्झौताविपरित बिधेयक पेश गरेको भन्दै डाक्टर गोबिन्द केसी पुस २५ गतेदेखि अनसनरत छन्। अनसनको १३ औं दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन।

काँग्रेसले यस अघि राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो ।

Skip This
Skip This
Logo