तहल्का मच्चाएको तामाकोशी आज पनि ओरालो लाग्यो

तहल्का मच्चाएको तामाकोशी आज पनि ओरालो लाग्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली शेयर बजारमा एकाएक तहल्का मच्चाएको अपर तामाकोशी हाइडोपावर कम्पनीको शेयर आज पनि ओरालो लागेको छ।

सुरुमा २८७ रुपैयाबाट कारोबार शुरु भएकोमा मध्यान्ह १२ बजेसम्म २७७ रुपैयामा झरेको छ।  कारोबार रकम २ करोड ९८ लाख रुपैयाँको भईरहेको छ । झन्डै एक साता उकालो चढेको तामाकोशीको बजार आइतबारदेखि घट्न थालेको थियो।

नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ ।

गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ ।

Skip This
Skip This
Logo