प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।
आजको राष्ट्रिय सभा बैठक सुरु हुन साथ काँग्रेसका सांसदहरूले उठेर सदन अवरुद्ध गरेको हो। संसद अबरुद्ध गर्नु अघि बोल्दै सांसद सरिता प्रसाईँले सरकारले जनता र प्रतिपक्षसँग निहुँ खोजेको भन्दै आफुहरु सडकमा जान बाध्य हुने बताइन्। ‘सरकारले जनता र प्रतिपक्षसँग निहुँ मात्र खोजेको छ। यस्तै निहुँ खोज्ने हो भने प्रतिपक्ष सडकमा जान तयार छ भन्ने कुरा जानकारी गराउन चाहन्छु।’ उनले भनिन्।
उनले गिरिजा र सुशील कोइरालाको नामको हस्पिटलको नाम काट्न लागेकोमा बिरोध जनाइन। लगतै राष्ट्रिय सभा अध्यक्षले गणेश तिमिलसिनाले स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवलाई त्यस विषयमा जानकारी दिन भने । स्वास्थ्य राज्य मन्त्री यादवले भने गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको बताए ।
बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।































प्रतिक्रिया