मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा ‘हृदयकी रानी’ सार्वजनिक, अभिनयमा कोमल ओली

मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा ‘हृदयकी रानी’ सार्वजनिक, अभिनयमा कोमल ओली

केन्द्रबिन्दु
705
Shares

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘हृदयकी रानी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा मदनकृष्ण र गायिका कोमल ओलीका साथै विमल अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।

गीतकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस गीतलाई लेखेका हुन् । गीतमा कृति न्यौपानेको सङ्गीत रहेको छ भने पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।

कृष्णदेव रुपाखेतीले भिडियो निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन र राहुल बराइलीको कोरियोग्राफी तथा विकास दाहालको सम्पादन छ ।

Skip This
Skip This
Logo