भक्तपुर । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा सभामुख घिमिरेले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरेका हुन् ।
“लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ”, उनले भने, “सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक रू सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।”
अहिले संसद्मा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए । संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उनले बताए ।































प्रतिक्रिया