अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘सोलिडारिटी अफ डा. केसी अलाइन्स’को आयोजनामा माइतीघर मन्डलामा भएको प्रदर्शनमा डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । माइतीघर मन्डलामा भेला भएर केहीबेर नाराबाजी गरेपछि विभिन्न प्लेकार्ड बोकेर निस्किएको र्याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा. केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’,’ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, लगायतका नारा लगाएका छन् ।

र्यालीमा डा. केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता थियो ।
चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् ।
































प्रतिक्रिया