पौवादुङमा पाँच लाख राशिको गोल्ड कप माघ १ गतेदेखि हुने

पौवादुङमा पाँच लाख राशिको गोल्ड कप माघ १ गतेदेखि हुने

केन्द्रबिन्दु
9
Shares

भोजपुर l जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु तीन लाख नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई रु दुई लाख पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई यही पुस २० गते भित्रमा आवेदन दर्ता गर्न आह्वान गरेको छ ।

Skip This
Skip This
Logo