कक्षा ९ को रजिस्ट्रेशन फाराम भर्न अब शुल्क नलाग्ने

कक्षा ९ को रजिस्ट्रेशन फाराम भर्न अब शुल्क नलाग्ने

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो । अब बोर्डले आगामी वर्षदेखि शुल्क पनि नउठाउने निर्णय गरेको हो ।

बोर्डले यस वर्षको रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढिसकेकाले हाल शुल्क उठाइने जानकारी गराएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले बोर्डलाई यसै वर्षदेखि निःशुल्क गर्ने निर्देशन दिए पनि फाराम प्रक्रिया अगाडि बढेकाले अर्को वर्षदेखि निःशुल्क गरिने बोर्डले जानकारी गराएको छ । शिक्षामन्त्रीको निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले उक्त निर्णय गरेको हो ।

शुल्कको विषयमा निर्णय नहुँदा कक्षा ९ को रजिस्ट्रेशन फारम भर्ने विद्यार्थी अलमलमा थिए । अब केही दिनमै रजिस्ट्रेशन फारम खोल्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने अनुमान गरिएको छ । रजिस्ट्रेशनबाट ९ कक्षामा बर्षेनि ५० करोड राजस्व संकलन हुने गरेको थियो । अब बोर्डले राजस्व संकलन गर्न नपाउने भएको छ ।

Logo