नायिका ऋचा शर्मा हस्पिटलबाट डिस्चार्ज, आखिर के भएको थियो ?

नायिका ऋचा शर्मा हस्पिटलबाट डिस्चार्ज, आखिर के भएको थियो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायिका ऋचा शर्मालाई बुधबार एक्कासी छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भइन् । अस्पताल भर्ना भएसँगै उनलाई हृदयघात भएको भन्दै सामाजिक सञ्जालभर चर्चा चल्यो ।

उनलाई हृदयघात भएको खबर भाइरल भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस समेत सार्वजनिक गरिन् । जसमा लेखिएको थियो, ‘मलाई हृदयघात भएको होइन । सामान्य छाती दुखाइ मात्र हो । सबै रिर्पोटहरु नर्मल छन् ।’

के भएको थियो ऋचालाई ?
ऋचा हिजो छाती धेरै दुखेपछि उनी नर्भिक हस्पिटल भर्ना भएकी थिईन् । इमजेन्सी वार्डमा राखिएको थियो । त्यसपछि प्याथल्याबमा राखियो र उनको कोरोनारी इन्जियोग्राम गरिएको थियो ।

डाक्टर जैसवालले ऋचाको सम्पूर्ण टेस्ट गरेपछि उनलाई हृदयघात नभएको मिडिया कोडिनेट आर वी मैनालीले जानकारी गराए । कामको धेरै प्रेसर र ग्यासट्रिकले गर्दा यस्तो समस्या आएको समेत उनले बताए । उनलाई आज ३ बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

नायिका रिचा शर्मालाई एक्कासी हृदयघात, सबै रिपोर्ट सामान्य

Logo