एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण केहि महिना अघि मात्र अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाधिएकी थिइन् । दीपिकाको विवाह भए लगतै उनका पूर्वप्रेमी निहार पाण्डे पनि विवाह गर्दैछन् ।
दीपिका र निहारको लभ स्टोरी करिब १० वर्ष अघि एक्टिङ स्कुलबाट सुरु भएको थियो । तर र्दुभाग्यबस उनीहरुको प्रेम सम्बन्ध लामो समय सम्म टिक्न सकेन ।
डेब्यु फिल्म ‘ओम शान्ति ओम’ बाट चर्चामा आएकी दीपिकाले आफ्नो फिल्मी करियरलाई सफलसाथ अगाडि बढाइन तर निहार भने दीपिका जति सफल हुन सकेनन् र उनीहरुको सम्बन्ध टुट्यो ।
निहार भारतीय गायिका निति मोहनसँग विवाह बन्धनमा बाधिदैछन् । निहार र नितिले आउदो महिना फेब्रुअरीमा विवाह गर्ने भारतीय मिडियामा उल्लेख गरिएको छ । निति र निहार करिब ४ वर्ष अघि देखि एकअर्कालाई डेट गर्दै आएका छन् ।





























प्रतिक्रिया