यी ५ चर्चित गायिका, जसले गर्दैछन् नेपाली सांगीतिक क्षेत्रमा राज

यी ५ चर्चित गायिका, जसले गर्दैछन् नेपाली सांगीतिक क्षेत्रमा राज

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपालमा कलाकारिता क्षेत्र फराकिलो हुँदै गएसँगै एकपछि अर्को गायिकाहरूको उदय हुँदैछ । यसले नेपाली संगीत र चलचित्र क्षेत्रमा नयाँ आयाम थपेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा छाइरहेका ती गायिका आज आम संगीत प्रेमीहरूको मनमा बस्न सफल छन् ।

देशभर भइरहेका मेला महोत्सवमासमेत उनीहरूलाई आफ्नो प्रस्तुति दिन भ्याई नभ्याई भइरहेको हुन्छ । पछिल्लो समय नेपालीको मन मुटुमा आफ्नो सुमधुर आवाजले राज गरिरहेका गायिकाहरू को कसरी उदाए र संगीत क्षेत्रमा उनीहरूको यात्रा कस्तो छ त्यो हेरौं ।

रचना रिमाल

पछिल्लो पुस्ताकी सबैभन्दा व्यस्त र डिमान्डेड गायिका हुन्, रचना रिमाल । सन् २००२ मा तेह्रथुममा जन्मेकी रिमालको बाल्यकाल भने झापामा बितेको थियो । रचना सानै उमेरदेखि गीत गाउने गर्थिन् । धेरै क्षेत्रीय प्रतियोगिताहरूमा पनि भाग लिएकी उनले आफ्नो सांगितिक यात्रालाई निकै मजबुद बनाई हाल अगाडि बढी रहेकी छिन् ।

रिमालको सुरिलो आवाज अध्ययनको क्रममा शिक्षकले खिचेर फेसबुकमा अपलोड गरिदिएपछि उनको जीवनले एउटा नयाँ मोड लिएको थियो । शिक्षकले अपलोड गरिदिएको उक्त भिडियोले आम दर्शकले निकै रुचाए । र, रचनाले नेपाली संगीत संसारमा आफूलाई अगाडि बढाउन नेपाल आइडल पनि गएकी थिइन् ।

रिमालले सन् २०१९ मा गायन रियालिटी शो नेपाल आइडलमा भाग लिएकी थिइन । उनी शीर्ष ८ स्थानसम्म परिन् भने लगातार तीन पटक सबैभन्दा बढी भोट प्राप्त गर्ने कीर्तिमान पनि बनाइन् । तर, उपाधि भने जित्न सकिनन् । आइडलको उपाधि नजिते पनि उनी अहिले दर्शकको मन संगीतले जिती रहेकी छिन् ।

नेपाल आइडलबाट बाहिरिए लगतै बसन्त सापकोटाको शब्द रहेको रुमाल चिनो गीत गाएकी थिइन् । त्यस लगतै फोटो फिरिम्मा, उनको प्रीति, मिनरल वाटर, पानी छमकिने, भन साइला, चाहान्छु, हजुर मुसुक्कै, पैसा सापटी जस्ता दर्जनौं गीतहरू रिमालले गाइसकेकी छिन् ।

उनले गाएका गीतहरू आज बजारमा निकै चर्चित छन् । रिमालको यो सांगितिक यात्राले उनको उचाइलाई निकै माथि पुर्याइसकेको छ । गायिका रिमाललाई सामाजिक सञ्जालमा फलो गर्ने पनि लाखौं छन् । उनलाई फेसबुकमा सात लाख ५८ हजार भन्दा बढिले फलो गरेका छन् भने इन्सटाग्राममा एक लाख २७ हजार भन्दा बढिले फलो गरेका छन् ।

यस्तै, उनको युट्युव च्यानलमा तिन लाख २३ हजार भन्दा बढिले सस्क्रईब गरेका छन् । रिमालले फोटो फिरिम्मा गीतबाट उत्कृष्ट नयाँ गायिकातर्फ राष्ट्रिय मनोरञ्जन पुरस्कार पाएकी थिइन् ।

एलिना चौहान

अब कुरा गराैं, गायिका एलिना चौहानकाे । उनी पनि युवा पुस्तामाझ निकै लाेकप्रिय छिन् । झापाको बिर्तामोडमा मध्यम वर्गीय परिवारमा हुर्किएकी उनी नेपाली गीत संगीतमा चर्चित गायिकाको रूपमा चिनिन्छिन् । सानै उमेरदेखि गायनमा रुचिराख्ने चौहानलाई अहिले मेला महोत्सवमा आफ्नो प्रस्तुति दिनमा निकै व्यस्त छिन् ।

चौहान ‘इन्स्टाको फोटो’ गीतमा कभर गीत गाएपछि चर्चामा आएकी थिइन् । चौहानले गाएको धोकेबाज, के माया लाग्छ र, तिमी नै तिमी, बिस्नु कसरी, मायाको क्या राम्रो आकाश, रुवाउनु रुवायो, बोल्दा पनि, एक नजर, भाग्यमा खोट छ, बरिलै लगायतका गीत बजारमा हिट छन् ।

उनले गाएको ‘के माया लाग्छ र’ बाट नेश्नल ब्राण्ड म्यूजिक अवार्ड र ‘तिमी छौ’ बाट बेष्ट फिमेल सिङ्गर अवार्ड जितेकी छन् । गायिका चौहानलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या पनि उतिकै छ । उनको फेसबुकमा सात लाख ७२ हजार भन्दा बढी र इन्सटाग्राममा दुई लाख ९४ हजार भन्दा बढिले फलो गरेका छन् । यस्तै, उनको युट्युव च्यानलमा छ लाख ६६ हजार भन्दा बढिले सस्क्रराईब गरेका छन् ।

समिक्षा अधिकारी

समिक्षा अधिकारी पनि व्यस्त र डिमान्डेड गायिकामा पर्छिन् । उनी सानै उमेरदेखि गायन क्षेत्रमा प्रवेश गरेकी थिइन् । नबोली नबोली, माया मारेर, आँगनमा भैलिनी, मायाको रोग, तिम्रै मायाले, सुर्ती मार्दै मार्दै, धनगढीको बसमा, पिपलु बर लगायका दर्जनौं समिक्षाले गाएकी छिन् ।

चलचित्र ‘नाई न भन्नु ल’ को बालापनको उमेर गीत गाएर नेपाली संगीत संसारमा उनको उदय भएको थियो । नेपाल म्यूजिक अवार्ड र नेपाल वेष्ट म्यूजिक अवार्डसमेत अधिकारीले हात पारिसकेकी छन् ।

गायिका अधिकारीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या पनि बढ्दो छ । उनलाई फेसबुकमा चार लाख ५६ हजार, इन्सटाग्राममा एक लाख २१ हजार भन्दा बढिले फलो गरेका छन् । यस्तै, उनको युट्युव च्यानलमा ८८ हजार भन्दा बढिले सस्क्रराईब गरेको देखिन्छ ।

अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारी पनि उत्तिकै चर्चित छन् । मेला, महोत्सवमा आफ्नो प्रस्तुति दिनमा उनी विभिन्न ठाउँमा गएर भ्याउँछिन् । युवा पुस्ताको निकै लोकप्रिय गायिकाको रूपमा चिनिने अधिकारीले नेपाल आइडलमा सहभागिता जनाएकी थिइन् ।

उक्त शोको सिजन २ मा तेस्रो रनरअफ भएकी थिइन् । आइडल हात पार्न असफल भएपछि उनेको सांगितिक यात्रा भने गति लिँदै गयो । तिम्रो मायाले बाँधेर राख, टाढा भएपनि, फूलै फूल दिन्छौ कि, बाबरी रँग, लजावती झार, काफल कमला लगायतका धेरै गीत उनले गाएकी छिन् । गायिका अधिकारीलाई सामाजिक सञ्जालमा फेसबुकमा सात लाख ५४ हजार र इन्सटाग्राममा करिव ८० हजार भन्दा बढिले फलो गरेका छन् यस्तै उनको युट्युव च्यानलमा ३३ हजार भन्दा बढिले सस्क्रराईब गरेका छन् ।

शान्ता रानी परियार

‘म त ढले ढले’ गीतबाट चर्चामा आएकी गायिका हुन्, शान्ता रानी परियार । विगत लामो समयदेखि गायन क्षेत्रमा रहेपनि उनको चर्चा भने खासै हुँदैन थियो । दुई वर्षअघि सार्वजनिक भएको शिरफुल शिरको गीतले राम्रै चर्चा पाए पनि उनको खासै चर्चा भने भएको थिएन । तर, म त ढले ढले गीत हिट भएपछि मेला महोत्सवमा गएर प्रस्तुति दिनको लागि भ्याई नभ्याई हुन थालेको छ । उनले आहै लाहुरे, विहे गरम भन्थ्यो, आधि बाटो, एक्लै बनियो लगायतका धेरै गीत गाइसकेकी छन् । परियारको फेसबुकमा ८५ हजार भन्दा बढी फलोअर्स छन् भने युट्युव च्यानलमा दुई लाख १२ हजार भन्दा बढिले सस्क्रराईब गरेका छन् ।

Skip This
Skip This
Logo