आइएसएमटी कलेजमा ‘छैटौं विन्टर कार्निभल २०२४’ सम्पन्न, ३ हजार भन्दा बढीको उपस्थिती

आइएसएमटी कलेजमा ‘छैटौं विन्टर कार्निभल २०२४’ सम्पन्न, ३ हजार भन्दा बढीको उपस्थिती

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । राजधानीको तीनकुनेस्थित गैरिगाऊँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी(आइएसएमटी) कलेजमा ‘छैटौं विन्टर कार्निभल २०२४’ सम्पन्न भएको छ ।

सिक्ने र सिकाउने कलामा आम कलेजभन्दा फरक आइएसएमटी कलेजले विन्टर कार्निभलमा ‘द इलिमेन्ट ब्याण्ड’लाई निम्त्याएकाे थियाे । विद्यार्थीहरुद्धारा आयोजित उक्त कार्निभलमा ३ हजार भन्दा बढी विद्यार्थी तथा स्कुल परिवारहरुको सहभागिता रहेको थियो ।

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयकाे सम्बन्धनमा बिबिए, बिएस्सी आइटी, बिएचएम जस्ता शैक्षिक कार्यक्रममा पठन–पाठन गराउँदै आएको आइएसएमटी कलेजले विन्टर कार्निभलका दौरान डान्सिङ र सिङगिङ प्रतियोगिता पनि गरेको थियो । जसमा डान्सिङ प्रतियोगिताको विनर मोनिसा थापा भइन भने फष्ट रनरअफका रुपमा रोजी बोहोरा, इला मल्ल र रिया घलानले जितेका थिए ।

यसैगरी सिङगिङ प्रतियोगिताको विजेता विनम सुवेदी भए भने फष्ट रनरअफका रुपमा सफल ढुंगाना, दिव्य थापा र ओसम राईले जितेका थिए ।

साे अवसरमा आइएसएमटी कलेजका प्रिन्सिपल ध्रुबबाबु जोशीले विन्टर कार्निभल विद्यार्थीहरुका लागि आफ्नो प्रतिभा देखाउन राम्रो प्लाटफर्म भएको बताए । उनले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरुबीच राम्रो सम्बन्ध स्थापना हुने विश्वास ब्यक्त गरे ।

द इलिमेन्ट्स ब्याण्डले ‘पुतली, सपनाको मायालु’लगायत दजनौं गीतहरु गाएर हजारौंको संख्यामा उपस्थित विद्यार्थी तथा कलेज परिवारलाई पाैषको जाडोमा तताएको थियो । कार्यक्रमको अन्त्यमा आइएसएमटी कलेजले द इलिमेन्ट्स ब्याण्डलाई टोकन अफ लभ दिनुका साथै सिङगिङ तथा डान्सिङ प्रतियोगिताका विजेताहरुलाई सम्मान पनि गरेको थियो ।

Logo