दाङ । सामूहिक बलात्कार काण्डमा दोषी ठहरपछि फरार रहेका विष्णु चौधरी १० वर्षपछि पक्राउ परेका छन् । बिजौरीको सामूहिक बलात्कार काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि फरार रहेका चौधरी पक्राउ परेका हुन् ।
२०७३ साल फागुन ३० गते सर्वोच्चका न्याधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले चौधरीलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
२०६५ साल चैत १५ गते दाङको बिजौरीमा एक युवत्िीमाथि सामूहिक बलात्कार तथा लुटपाट भएको थियो । अदालतको फैसलापछि चौधरी अर्धभूमिगत थिए। चौधरीलाई जिप्रका दाङबाट खटिएको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका १८ स्थित उनकै घरबाट पक्राउ गरेको हो। सामूहिक बलात्कारपछि ति युवतीको हत्या भएको थियो ।





























प्रतिक्रिया