काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पीएल सिंहले छाडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्ने बताएका छन् ।
शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उनले सिंहको खुलेर प्रशंसा गरे ।
उनले भने, ‘पीएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रुपमा मैले लिएको छु । उहाँ सम्पूर्ण काठमाडौंबासीहरुको पनि सेवा गर्नुभयो, अथवा उहाँ अत्यन्तै मेहेनती, लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यस्तो व्यक्तिलाई हामीले गुमाएका छौ । तर उहाँले छोडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्छ ।’































प्रतिक्रिया