काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गर्न जादा स्थानीयले विरोध जनाए । उक्त क्षेत्रमा सुख्खा बन्दरगाह बनाउन नदिने भन्दै केही स्थानीयले विरोध जनाउनुका साथै कालो झण्डा समेत प्रदर्शन गरेका थिए ।
दर्जनौंका संख्यामा उपस्थित भएका स्थानीयले चोभार पर्यटकीय क्षेत्र भएकाले सुख्खा बन्दरगाह बनाउन नहुने भन्दै विरोध जनाएका हुन् । प्रहरीले कालोझण्डा देखाउने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । केही समय तनावग्रस्त बनेपछि प्रधानमन्त्रीले बन्दरगाहको शिलान्यास गरे ।
प्रधानमन्त्री ओलीले ११ दशमलव ७७ हेक्टर जग्गा रहेको साविकको हिमाल सिमेन्ट कारखाना रहेको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुख्खा बन्दरगाह निर्माणको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । त्यस अवसर प्रधानमन्त्री ओलीले सो सुख्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी निर्माण गर्न लागिएको स्पष्ट पारेका थिए ।
सो बन्दरगाह निर्माण कार्य सूरु भएसँगै त्यसले मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुर्याउने प्रधानमन्त्रीको दाबी थियो । प्रधानमन्त्री ओलीले सो बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाई हुन गएको पनि बताए ।































प्रतिक्रिया