काठमाडौं । नायिका रिचा शर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । एक्कासी हृदयघात भएपछि उनी नर्भिक अस्पताल भर्ना भएकी हुन् । अहिले उनको अवस्था सामान्य रहेको छ ।
हृदयघात भएको बताईएपछि उनले सामान्य छातीमा समस्या आएको बताएकी छन् । सामाजिक सञ्जाल मार्फत आफ्नोबारे चासो राख्ने सबैलाई धन्यबाद दिँदैं रिचाले भनेकी छन्, ‘मलाई हृदयघात भएको होईन् । छातीमा सामान्य दुखाई भएको हो ।’
उनको सबै रिपोर्ट सामान्य आएको छ । कैलाली धनगडीमा जन्मीएकी नायिका रिचा शर्माले फष्ट लभ, मेरो लभ स्टोरी, लुट, भिसा गर्ल र हाइवे लगायतका सिनेमाहरु र चालीस भन्दा बढी म्युजिक भिडीयोहरुमा खेलि सकेकी छिन।































प्रतिक्रिया