मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी वेशभूषा र रीतिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो ।
मुगुम कार्मारोङ्ख ९ का चिमाथ, पापु, छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोप हुन लागेको पर्व संरक्षणमा पनि जुटेका छन् । सशस्त्र माओवादी १० वर्षको जनयुद्ध हुँदा थला परेका धार्मिक तथा साँस्कृतिक रीतिरीवाज चाडपर्वहरू लोप हुनबाट जोगाउने तयारी पनि भइरहेको छ ।
भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसीभैलो कार्तिक कृष्ण पक्ष अर्थात् गाई तिहारको दिनबाट खेलिन्छ । दोस्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ । जसलाई सानो भैली भन्ने चलन छ । अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसीदेखि पूर्णिमासम्म खेलिन्छ । जसलाई पुसे भैलो अर्थात् ठूली भैलो भनिन्छ ।
१६ वर्षमुनिकाले खेल्ने भैलीलाई सानी भैली र बूढापाकाहरुले खेलिने ठूली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरूले फरिया लगाउने, आँचला हाल्ने, लठ्ठी हातमा लिएर लामो लयमा मागल गाए जस्तो गरी गाउने गर्छन् । पुरुषहरूले छोटो तरिकाले भैलो गाउने चलन छ ।
मंसिर पूर्णिमा र पुसे औंसीसम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खानेकुरा आदि जम्मा गरेर त्यसको एक–दुई दिनपछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामुहिक भोज आयोजना गरिन्छ । जसलाई पाठे भात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरु भेटघाट गर्ने विभिन्न परिकारका खाना खाने, सबै गाउँघरमा मानिसहरु एक ठाउँमा जम्मा भएर नाचगान गरिएको स्थानीय धनकृष्ण बडुवालले बताए ।
मुगुको पूर्वी भेगमा रहेको मुगुम कार्मारोङ्ख गाउँपालीकामा रहेको १ देखि ८ वडामा सबै बस्तीहरूमा लामा अर्थात जनजातिहरूको बाहुल्य रहेको र ९ वडामा हिन्दु धमालम्बीहरु बस्ने भएकाले अन्य धर्मको गतिविधिहरु बढी हुने र हिन्दुहरुका चाडपर्वहरु संस्कृति हराउँदै गएकाले संरक्षण गर्न लागिएको वडाध्यक्ष रतनबहादुर बुढाले बताए ।
नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही) र अर्का बली अर्थात् बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए ।































प्रतिक्रिया