पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल

पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल गरेको छ । आइतबार काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल भएको हो ।

निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिए ।

उनले भने,‘पर्यटन नीति २०८१ को मस्यौदाकोबारे छलफल गरेर अहिले निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि हामीले दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताका साथ हामीले यो अन्तरक्रिया कार्यक्रम गरेका हौं । जसले गर्दा भोलि गएर नेपालको पर्यटनको क्षेत्रबाट समग्र नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्छ भन्ने विश्वासका साथ यो कार्यक्रम भएको छ ।’

Skip This
Skip This
Logo