कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ४१ औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ४१ औँ जन्मजयन्ती मनाइयो

केन्द्रबिन्दु
24
Shares

सुनसरी । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरे ।

नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्याल हुकुमी शासनको बेला सामाजिक, राजनीति परिवर्तनको सन्देश दिने कवि रहेको बताउँदै पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको उनले बताए ।

कवि पौड्यालको कविताहरू कालजयी भएको प्राडा गोपाल भण्डारीले बताए । सामाजिक नैतिक मूल्यको सन्दर्भमा उनका कविताहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले पौड्यालका कवितामा मानव जीवनका विविध पक्षहरू समेटिएको बताए ।

आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनले गरेको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाइँदै आएको बताए ।

Logo