म्यानचेस्टर युनाइटेडको नवौँ हार

म्यानचेस्टर युनाइटेडको नवौँ हार

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को हार बेहोरेको छ । यस सिजनमा म्यानचेस्टर युनाइटेडको भने यो नवौँ हार हो ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्यूक्यासल युनाइटेडसँग २–० को गोल अन्तरले हार बेहोरेको हो ।

अलेजण्डर इसक र जोएलिंटनको एक–एक गोलको मद्दतले न्यूक्यसल युनाइटेड १९ खेलमा ३२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । यो हारपछि १९ खेलमा २२ अंक रहेको म्यानचेस्टर युनाइटेड १४औँ स्थानमा झरेको छ ।

Skip This
Skip This
Logo