भूमिका भन्छिन्, ‘छक्का–हिजडा भनेर जिस्क्याउँदा दुःख लाग्थ्यो’ (भिडियोसहित)

भूमिका भन्छिन्, ‘छक्का–हिजडा भनेर जिस्क्याउँदा दुःख लाग्थ्यो’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भूमिका श्रेष्ठ, तेस्रो लिंगी समूहको अधिकारका लागि क्रियाशील छन् । समाजले छिःछिः र दूरःदूरः गरेको अवस्थामा उनीहरुका लागि लड्नु चुनौती नै थियो । पछिल्लो समय कानुनले पनि केही राहत दिएको छ । नीलहीरा समाजमा आवद्ध भूमिका श्रेष्ठको परिचय कुनै बेला कैलाश श्रेष्ठ थियो । छोरामान्छे भएर जन्मिएकी भूमिकाको बानीव्यहोरा छोरी मान्छेको जस्तो ।

उनको बानीव्यहोरा देखेर घरमा आमाबाबु साह्रै चिन्तित । उनकी आमालाई लाग्थ्यो ठूलो भएपछि बानीव्यहोरामा परिवर्तन आउँला । तर ठ्याक्कै उल्टा भईदियो । कैशाल नामका उनी अन्ततः भूमिका नाममा परिणत हुन पुगिन् । छोरा हुँदा जुन आनीवानी छोरीको जस्तै थियो । मम्मीहरुले ठूलो भएपछि छोराको जस्तै हुन्छ भन्ने भावना चाँही कहिल्यै पुरा भएन् ।

उनी भन्छिन्, ‘बायोलोजिकल्ली म छोरा भएर जन्मेँ । परिवारले त्यहीअनुसारको नामका रुपमा मेरो नाम कैलाश राखे । तर उमेर बढ्दै गएपछि मेरो व्यवहारमा परिवर्तन आयो । गाह्रो त भयो । परिवार भन्दा पनि समाजबाट गाह्रो भयो । म जब नीलहीरा समाजमा आबद्ध भएँ । अनि भूमिका भएँ ।’

उनले यहाँसम्म पुग्न निकै संर्घण गर्नुपरेको थियो । घरपरिवारबाट देखि समाजका साथै राज्यसँग निकै लड्नुपर्यो आफ्नो अधिकार पाउनको लागि ।

निकै लामो संघर्ष तथा बलिदानबाट आफुलाई यहाँसम्म पुग्न पाउँदा निकै खुशी लागेको उनको भनाई छ । भन्छिन्, ‘जुन सम्मान मैले पाएको छु त्यसबाट एकदमै खुशी लाग्छ । भूमिका श्रेष्ठको पहिचानबाट आफ्नो नागरिकता पाएकी छैन् । आवाज उठाउन परिवर्तन आफैंले सुरु गरे ।’

साथीहरुले आफुलाई अर्को जन्ममा केटा या केटी मध्ये के हुन पाए हुन्छ जस्तो लाग्छ भन्छन्, ‘तर म त अर्को जन्ममा पनि तेस्रो लिंगी नै भएर जन्मन पाउँ ।’

आफ्नो पहिचानको कुरा गर्दा सुरु सुरुमा आफुसँग बोल्न सक्ने क्षमता नहुँदा साह्रो पीडा भएको उनको अनुभव छ । उनी भन्छिन्, ‘जुन बेला मेरो पहिचानको कुरा हुन्थ्यो । त्यो बेला म बोल्न सक्ने थिईन् । ममा आँट थिएन् । त्यस्तो खालको हिम्मत थिएन् । हिम्मत तथा आँट गरेर अहिलेको सम्मान पाएकी हुँ ।’

समाजमा आफुप्रति हुने नकारात्मक भ्रम चिरेर यहाँसम्म आईपुगेको उनको भनाई छ । आफ्नो पहिचानको लडाई पुरा गरेर यहाँसम्म पुगेको उनी बताउँछिन् ।

Skip This
Skip This
Logo