देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
सरकारलाई कांग्रेसको चेतावनी- ‘गोविन्द केसीलाई अवमूल्यन नगरियोस्’
नेपाली कांग्रेसले डा. गोविन्द केसीलाई अवमूल्यन नगर्न सरकारलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै केसी एक्लो व्यक्ति मात्रै नभएको बताएका हुन् । विग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य भूमिकाप्रति ध्यानाकर्षण भएको भन्दै कांग्रेसले भनेको छ।,- ‘चिकित्सा शिक्षा क्षेत्रमा सुधार र प्रगतिको विषयलाई हामीले साझा राष्ट्रिय दायित्वको रुपमा लिएका छौ ।’
टुटल बहसः कानून पहिले कि प्रविधि ?
नेपालमा फेरि एकपटक ‘कानून पहिले कि प्रविधि ?’ भन्ने बहस सिर्जना भएको छ । संयोगले स्मार्ट सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा यस्तो बहस सिर्जना भएको छ । प्रविधिमा भर्खरै पाइला चाल्दै गरेको नेपालमा यस्तो बहस सिर्जना हुनुलाई लज्जास्पद नै त मान्न नसकिएला तर बिषयविज्ञहरु भने यसलाई हास्यास्पद मान्छन् । पछिल्लो पुस्ताका नेपालीहरु प्रविधिलाई रेलको गतिमा पछ्याईरहेका छन् भने यहाँको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व कछुवा गतिमा स्याँस्याँ र फ्याँ फ्याँ गर्दै प्रविधिलाई पछ्याईरहेका छन् ।
अहेबलाई इन्चार्ज नबनाउन हेल्थ असिस्टेन्टहरुको सरकारलाई चेतावनी
अहेबहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दवाव दिँदै हेल्थ असिस्टेन्ट संघ, नेपाल (हान) ले बुधबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । संघले बुधबार काठमाडौंको माईतीघर मण्डलामा बिरोध प्रर्दशन गर्दै अहेवहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दवाव दिएका थिए ।
ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, ४ जना गम्भीर
काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा ग्यास सिलिन्डर पड्केर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
“मुर्ख मनुवाहरू हो ! नयाँ आविस्कार रोक्ने कि म्याद गुज्रेको कानुन बदल्ने ?”- महावीर पुन
सरकारले ‘टुटल’ र ‘पठाओ’ को अवधाणालाई रोक लगाएपछि चौतर्फी आलोचना शुरु भएको छ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले पनि सरकारी कार्यशैलीप्रति तिखो आलोचना पोखेका छन्। पुनले म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ आविस्कार र अबधारणालाई कार्यन्वयन गर्नुपर्ने बताएका छन्। “देशलाई एकदमै फाइदा हुने नयाँ काम गर्दै नगर्ने कि म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ ब्यबसायहरु लाई प्रोत्साहन गर्ने ?” पुनको प्रश्न छ।
हत्या आरोपी पक्राउ गर्न खोज्दा प्रहरीले बर्दियामा गोली चलायो
हत्या आरोप समात्न प्रहरीले गोली चलाएको छ । गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।
लगातार चौथों जित हासिल गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
थाइल्याण्डमा जारी टी–२० महिला स्म्यास क्रिकेटमा नेपाल समूह विजेता बनेको छ। यो जितसंगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
चरेश व्यापार गर्ने मोडल कान्छीमाया पक्राउ
कांग्रेसले नेविसंघको म्याद माघ १० गतेसम्म थप्यो
रामबहादुर बमजनविरुद्ध अर्को उजुरी दर्ता
मापसे जाँचमा थप कडाइ
प्रहरीको कुटाईबाट एक जना गम्भीर घाइते, आईसीयूमा उपचार हुँदैं
भैँसी गोठमा मुख थुनेर १२ वर्षीया बालिकाको बलात्कार, ४७ वर्षीय थापा पक्राउ
राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा
काठमाडौंमा यसरी मनाईयो २१ औं भूकम्प सुरक्षा दिवस (भिडियोमा)
वैदेशिक सहायता बढ्यो, कहाँबाट कति आयो ?
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अनशनरत डा केसीलाई ‘एन्टिबायोटिक’
फिलिपिन्समा शक्तिशाली भूकम्प
किमको ओछ्यानमा खिचेको टपलेस फोटो सार्वजनिक भएपछि…
‘बुलबुल’ को ट्रेलरमा ट्याम्पु चालक स्वस्तिमा
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया