काभ्रेमा आज २४ संक्रमित थपिए, ४३ जना निको भए

काभ्रेमा आज २४ संक्रमित थपिए, ४३ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज २४ जना संक्रमित थपिएका छन् । आज ४३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९८० जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ७, बनेपाका ८, पनौतीका ३, पाँचखालका १, भुम्लुका ३, नमोबुद्धका १ र तेमालका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय ८० पुगेको छ । निको हुनेको संख्या २६ सय ७६ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ६७ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Logo