भारतीय गायक तथा संगीतकार अर्को प्रभू मुर्खजीले हरि मर्हजनलाई फिचरिङ गरि नेपालमा लाइभ म्युजिकल कन्सर्ट हुने भएको छ ।
लिमिटलेस नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्ट थ्रि स्टार रिसर्ट रिभर स्प्रिङ भ्याली, कुरिन्टारमा जनवरी २६ मा हुँदैछ । कन्सर्टमा गायक रोहित जोन क्षेत्री र नेपथ्यको पनि सांगितिक प्रस्तुती रहनेछ । नेपाली गीत संगितको संरक्षण तथा प्रर्वदन गर्ने हिसाबले यो सांगितिक कार्यक्रम आयोजना गरिएको हो ।
कन्सर्ट दिउँसो ३ बजेदेखि सुरु हुनेछ । ३ घण्टाको हुने यस कार्यक्रमको टिकट मुल्य एक हजार ५०० रुपैँयादेखि २ हजार रुपैया सम्म रहेको छ ।































प्रतिक्रिया