गाउँपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

गाउँपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

केन्द्रबिन्दु
12
Shares

रामेछाप । लिखु खोलामा सञ्चालित जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभाव पारेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ ।

सो गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि आइइई–इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको छ ।

त्यसको लागि तत्काल प्रक्रिया अगाडि बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पूरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

सो सूचनाको उल्लङ्घन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना हुने कार्यालयले जनाएको छ ।

लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत् आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरेको छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका छन् भने गौरीशङ्कर आरक्षण क्षेत्रका जङ्गली जनावर पानी पिउनबाट समेत वञ्चित भएका छन् ।

Logo