काठमाडौँ l माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौँमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूका साथै क्यामपसका कर्मचारीहरू तथा शिक्षकलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरिएको हो ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामुहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
































प्रतिक्रिया