प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेण्ट प्रिण्ट र एटिएम तथा विभिन्न किओस्क मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैँले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ् सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बंैकको मुख्य कार्यालय बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने बताइएको छ ।

Skip This
Skip This
Logo