काठमाडौं
दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ । हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगर जस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ । संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन् ।
एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ । १० जना भन्दा बढी पक्राउ परिसकेका छन् । अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ । प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन् ।
प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना हुन्डी कारोबारी पक्रियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बुहुउद्देश्यीय सहकारी संस्थाबाटै हुण्डी कारोबार हुने गरेको थियो। सहकारीका अध्यक्ष विराटनगर–७ कै राजेश हेडा, विराटनगर–११ का सुमित साह र विराटनगर–१२ का दीपककुमार कर्णलाई समातिएको एसपी केसीले बताए ।
यता पुस २२ गते जनकपुरबाट हुण्डीमा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले समात्यो । पक्राउ परेका चार भारतीय र एक नेपालीबाट ८३ लाख ६२ हजार रुपैयाँ बरामद भएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुरका विजय यादव, भारतको मधुवनी बासोपट्टीका सन्तोष महतो, पप्पुकुमार दास, सुरज ठाकुर र नरेश महतो छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया