दोलखा
दोलखामा निर्माणाधीन ७ वटा जलविद्युत् आयोजनाबाट एक वर्षमा ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने भएको छ । यी सबै आयोजनाको काम ७० देखि ९७ प्रतिशतसम्म पूरा भएको छ । यी सबै आयोजना कुनै अवरोध नभए एक वर्षभित्र पूरा भई विद्युत् उत्पादन हुनेछ ।
सबै आयोजना निजी क्षेत्रबाट निर्माणाधीन आयोजना हुन् । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित यी आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । ४५६ मेगावाटको यो आयोजना ढिलोमा २०७६ कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
अपर तामाकोसी नेपाल विद्युत् प्राधिकरणसहित निजी क्षेत्रको समेत लगानीमा निर्माणाधीन हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । त्यसैगरी निजी क्षेत्रको लगानीमा अन्य ६ वटा आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । यो आयोजना विगू गाउँपालिका–१ मा निर्माणाधीन छ । आयोजनाको गोंगरदेखि खिम्तीसम्मको २२० केभीए प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
कारोबारबाट































प्रतिक्रिया