गायक तथा गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ गीत चर्चामा [भिडियोसहित]

गायक तथा गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ गीत चर्चामा [भिडियोसहित]

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । गायक तथा गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ नामक गीतले राम्रो चर्चा बटुलेको छ । नयाँ पुस्ताको रुची र भावनालाई समेटने प्रयास गरिएको उक्त गीतको भिडियोलाई युट्युवमा ५ लाख ६४ हजारबढी पटक हेरिएको छ । भिडियोमा सकारात्मक प्रतिक्रिया आएका छन् ।

‘गीतमा नयाँ पुस्ताको रुची र भावनालाई समेट्ने प्रयास गरिएको गीतकार पौडेलले बताएका छन् । मोहित मुनालको संगीतमा तयार भएको गीतलाई गायक पौडेलसँगै गायिका अस्मिता अधिकारीले गाएकी छिन् ।

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलको निर्देशन र दिपिका थापाको कोरियोग्राफी रहेको छ । यसअघि गीतकार तथा गायक पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ,’ बजारमा ल्याएका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए ।

Skip This
Skip This
Logo