काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस खाएको आरोपमा आमाछोरीलाई पक्राउ गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई घुस रकमसहित पक्राउ गरेको हो ।
पन्थीले सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ छोरीलाई राख्न दिएको अवस्थामा अख्तियारको टोलीले आमाछोरी दुबैलाई पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
एउटा स्कुलको बाँकी कर तिर्न गएका सेवाग्राहीसँग पन्थीले एक लाख घुस मागेकी थिइन्। उनले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।































प्रतिक्रिया