‘किक २’ मा दिशा पटानी र सलमान खानको जोडी

‘किक २’ मा दिशा पटानी र सलमान खानको जोडी

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको ‘हट एण्ड बोल्ड’ तस्विरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाउने गर्छ ।

पछिल्लो समयमा उनी सलमानसँग फिल्म ‘भारत’ को सुटिङमा नै व्यस्त छिन् । भारतको सुटिङ सकिएपछि दिशा फिल्म ‘किक २’ मा सलमानको हिरोइन बन्ने जस्ता खबरहरु भारतीय सञ्चार माध्यममा छाएका छन् । साथै फिल्म ‘किक २’ को सुटिङ २०१९ को अन्तिमबाट सुरु हुने समेत बताइएको छ ।

२०१४ मा रिलिज भएको फिल्म ‘किक’ मा जेक्लिन फर्नाडीस लिड रोलमा देखिएकी थिइन् । उक्त फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।
फिल्म भारतमा दिशाको छोटो तर महत्वपूर्ण रोल रहेको छ । बलिउड सुपरस्टार सलमान खानसँग दिशाको यो पहिलो सहकार्य हो । भारतमा सलमान खान, कट्रिना कैफ र ज्याकी श्रांफको लिड रोल रहेको छ । यो फिल्ममा सलमानको ५ फरकफरक अवतार देख्न सकिन्छ ।

Skip This
Skip This
Logo