नेपाली युवतीलाई भारतको दिल्लीस्थित जिबि रोडको बेश्यालयमा पुर्याएर मोटो रकम कमिसन लिने एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरी धरान नगरपालिका १७ का सन्तोष राईलाई सोमबार धरानबाट पक्राउ गरेको हो। राईले नेपाली युवतीलाई भारतको दिल्लीस्थित जिबि रोडको बेश्यालयमा पुर्याउने र त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ।
राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया