अक्सिजनविना आठ हजार मिटर अग्ला १४ हिमालको सफल आरोहण गरी स्वदेश फर्किए मिङ्मा

अक्सिजनविना आठ हजार मिटर अग्ला १४ हिमालको सफल आरोहण गरी स्वदेश फर्किए मिङ्मा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजनविना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।

स्वदेश फर्किएका शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सानैदेखिको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरू सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरू पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’ यसैगरी उनले विनाअक्सिजन आरोहण गर्न धेरै अफ्ठेरो नभएको बताए ।

Skip This
Skip This
Logo