अनुशासित ढङ्गले एमालेकाे सङ्गठन विस्तारमा लाग्न मन्त्री गुरुङकाे आग्रह

अनुशासित ढङ्गले एमालेकाे सङ्गठन विस्तारमा लाग्न मन्त्री गुरुङकाे आग्रह

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुदुरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गरेका हुन् ।

“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उनले भने ।

त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।

Logo