रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागी पीडितहरूलाई राहत वितरण गगरेका छन् ।
रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका अध्यक्ष नेपालले शनिबार राजदेवी–५ पतही गाउँका आगलागीपीडितलाई राहत प्रदान गरेका हुन् । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।
गत सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा उक्त गाउँका सात घर जलेर नष्ट भएका थिए । आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।































प्रतिक्रिया