परराष्ट्रमन्त्री ज्ञवाली धर्मपत्नी सरस्वतीको नयाँ कविता संग्रह सार्वजनिक

परराष्ट्रमन्त्री ज्ञवाली धर्मपत्नी सरस्वतीको नयाँ कविता संग्रह सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ ।

कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी हुन् । ‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ । उनले कविता संग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छिन् ।

कवयत्री ज्ञवाली आफैं पनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शिर्षकमा नेपाली नारीहरु माथिको उत्पीडनलाई उतारिएको छ । यस्तै ‘कविता संग्रहको आवाज’ शिर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरे जस्तो लाग्छ ।

फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छिन् । वि.सं २०१९ कात्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली बापमन्थी आन्दोलनमा संलग्न थिइन् । यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याइसकेकी छिन् ।

Logo