काठमाडौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई तत्काल बर्खास्त गर्न कर्मचारीहरुले माग गरेका छन् । मन्त्री यादवले आईतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झामाथि कुटपिट गरेका थिए ।
सचिवमाथि कुटपिटको विषयमा कर्मचारीले आपत्ति जनाउँदैं मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । कर्मचारी संगठनहरुले विज्ञप्ती जारी गर्र्दै २४ तुरुन्त मन्त्रीलाई बर्खास्त गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग माग गरेका छन् ।
मन्त्रीबाट कुटाई खाने सचिव अस्पताल भर्ना, मुख्यमन्त्रीले आकस्मिक बैठक गरे
आफुहरुको माग तत्काल सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । हातमा कालोपटट्ी बाधेर काम गरिरहेका प्रदेश २ का कर्मचारीहरुले न्यायिक समिति गठन गरी दोषीमाथि कारवाहीको माग गरेका हुन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको अगुवाइमा आन्दोलित कर्मचारीहरूले मुख्यमन्त्री राउत तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
यसअघि मुख्यमन्त्री राउतले सबै मन्त्रालयका सचिवहरूसँग छलफल गरेका थिए । मन्त्री सचिवहरुले मन्त्रीलाई कारवाहीको माग राखेका थिए । मन्त्रीलाई कारवाही नगरेसम्म काम नगर्ने चेतावनी दिएका थिए । कर्मचारीहरुले माघ ४ गतेसम्मको समय दिएका छन् । उक्त समयावधीभित्र माग पुरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेपाल वन प्राविधिक संघ, आधिकारिक ट्रेड यूनियन वन तथा वातावरण, फरेष्ट टेक्निसियन्स एशोसिएसन अफ नेपाल, जुनियर वन प्राविधिक संघ नेपाल लगायतका कर्मचारी संघ संगठनले विज्ञप्ती जारी गर्दै मन्त्रीलाई कारवाहीको माग गरेका हुन् ।
































प्रतिक्रिया