काठमाडौं । रितेश मित्तलको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघकाे नयाँ कार्यसमिति चयन भएको छ ।
संघको १९औं वार्षिक साधारणसभाबाट नेपाल रेमिट इन्टरनेसनल प्रालिका प्रतिनिधि मित्तल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । संघ उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल र महासचिवमा आईएमई लिमिटेडका दिवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका सञ्जीवकुमार पाठक र सचिवम प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसूदन न्यौपाने र युनाइटेड रेमिटका सुदन सिं सिलवाल छन् ।
संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गर्नुपर्नेमा जोड दिए। साथै, आफ्नो कार्यकालमा सबैको सहयोगको कदर गर्दै नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए।































प्रतिक्रिया