१४१औं लेखनाथ जयन्तीको अवसरमा साहित्य कार्यक्रम सम्पन्न

१४१औं लेखनाथ जयन्तीको अवसरमा साहित्य कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले आयाेजना गरेकाे साहित्य कार्यक्रम सम्पन्न भएकाे छ ।

ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा आयोजित सो कार्यक्रममा लेखनाथ पौड्यालका कविता साधना सम्बन्धी चर्चा, जीवनी, रचना पाठ तथा कविता वाचन गरिएको थियो । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि थिए ।

कविशिरोमणि लेखनाथ पौड्यालका तस्विरमा पुष्पगुच्छा तथा माल्यार्पण गरी कार्यक्रम प्रारम्भ गरिएको थियो ।

कार्यसमितिका सचिव तथा कवि भोला प्रेमीले सञ्चालन गरेकाे सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कवि तोया गौतमले लेखनाथ पौड्यालका कविताका विशेषताहरुको व्याख्या गर्दै उनलाई समाजका विकृतिप्रति औँला ठड्याउने सचेत कवि भने ।

जगन्नाथ देवकोटाले आफ्नो एक कविता प्रस्तुत गरे भने भगवती पौड्यालले लेखनाथको परिष्कृत कविता शिल्प र सन्दर्भबारे प्रकाश पारेका थिए । वाल कवयित्री सारा तिमिल्सिनाले लेखनाथको सत्य सन्देश कविता वाचन गरेका थिए ।

आनन्द पौड्यालले कविशिरोमणि लेखनाथ पौड्यालको जीवनी कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए भने गरिमा पोख्रेलले लेखनाथको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए । प्रा. गङ्गाधर कट्टेलले अमेरिकाबाट पठाएको लेखनाथ पौड्यालका कविताका विशेषता अभिव्यक्त भएको छोटो कविता कमला गौतमले पाठ गरेकी थिइन् ।

बसन्त खनाल र भोला प्रेमीले पनि कविता वाचन गरेका थिए । प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधना बारे चर्चा गर्दै मन्दाक्रान्त छन्दमा आफ्ना दुई कविता प्रस्तुत गरेका थिए ।

रमा शर्मा न्यौपाने, सीता रिजाल, मिता पाण्डे, सावित्रादेवी कट्टेल, रघुनाथ आचार्य तथा सत्येन्द्र तिमिल्सिना असल श्रोताको रुपमा कार्यक्रममा उपस्थित थिए । ह्वाइट माउण्टेन स्कुलका प्रिन्सिपल तिलक शर्मा पौडेलले उपस्थित साहित्यानुरागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Skip This
Skip This
Logo