भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार : जलस्रोतस्तरिय बैठक

भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार : जलस्रोतस्तरिय बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । सम्झौता अनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति (जेसीडब्लूआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो । बैठकमा जलस्रोत सम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ । नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानी सम्बन्धी मुद्दामा भारतसित सहमति हुन नसकेपछि वार्ता असफल भएको हो ।

भारतीय पक्षले पुराना अडान दोहोर्‍याएको र नयाँ सहमति तथा निर्णय गर्न नमानेकाले बैठक उपलब्धिमूलक हुन सकेन । २५ अप्रिल १९५४ मा भएको कोसी सम्झौताबाट भारतले निर्माण गरेका संरचना (ब्यारेज, हेड रेगुलेटर, नहर, तटबन्ध आदि) ले नेपाली भूमिमा पुगेको क्षतिको मुआब्जा पाउन नसकेको विषयप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको थियो ।

बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार दुईदिने वार्तामा सबैभन्दा बढी बहस र छलफल भएको विषय कोसी थियो । कोसी तटबन्धभित्र परेका जमिन (हाल डुबानमा), कोसी ब्यारेजबाट तल सप्तरी र उदयपुरमा भएको नेपाली भूभाग कटानको विषयलाई नेपाली पक्षले प्राथमिकताका साथ उठाएको थियो । भारतले नेपाललाई २०२३ सालमै क्षतिपूर्ति दिइसकेको भन्दै नेपालले गरेको प्रस्तावउपर सुनुवाइ नगरेको ती अधिकारीले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo