इलाम
५ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको मुटुको चाल अनियमित हुन थालेको छ । आइतबार गरिएको परीक्षणमा उनको मुटुको गति अनियमित भइ अस्पताल नै लैजानुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन् ।
‘डा.केसीले आफैं पनि मुटुको चाल निकै अनियमित भइसकेको अनुभव गर्नुभएको छ,’ इलाम अस्पतालका चिकित्सक डा.विजेन्द्रकुमार साहले भने, ‘उहाँ (डा.केसी) निकै सिकिस्त भएर अस्पताल लैजानुपर्ने अवस्थामा हुनुहुन्छ ।’ चिकित्सकका अनुसार डा.केसीलाई निमोनियाको आशंका समेत गरिएको छ । ‘उहाँको छाती चेक गर्दा निमोनिया भएको हुनसक्ने देखिएको छ तर अस्पताल जान मान्नु भएन,’ डा.साहले भने, ‘सास फेर्न गाह्रो भएको छ, उठ्ने बित्तिकै चक्कर लागेर अडिन सक्नु भएको छैन ।’ यो अवस्थामा अक्सिजन दिनुपर्ने भएपनि डा.केसीले अक्सिजन लिन नमानेको साहले बताए ।
डा.केसीलाई समर्थन गर्दै आइतबार उनका अभियन्ता डा.अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र ३ नम्बर प्रदेशका सांसद रमेश पौडेल इलाम आएका छन् । सत्याग्रहस्थलमा आएर पत्रकार सम्मेलन गर्दै अभियन्ता त्रयले डा.केसीले उठाएका माग पूरा गर्न सरकार जिम्मेवार नभएको बताए । उनीहरूले संसदीय समितिले पनि सरकारकै सल्लाहमा काम गर्ने भन्दै उनीहरूले डा.केसीका मागमा सरकारले चासो नदिएको गुनासो गरे ।
नागरिकबाट































प्रतिक्रिया